back
CTIZAN AD

डा. रवीन्द्र पाण्डे भन्छन् -यसरी गर्न सकिन्छ अक्सिजन र बेडको व्यवस्थापन

वि.सं.२०७८ वैशाख २८ मंगलवार

630 

shares

देशमा कोरोना संक्रमण महामारीको रुपमा फैलदै गएपछि सहर तथा गाउँका अस्पतालमा कोरोना संक्रमित विरामीले बेड तथा अक्सिजन नपाएका कारण ज्यानै गुमाउने अवस्था दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

यस्तो अवस्थामा अस्पतालहरु तथा स्थानीय निकायहरुले अक्सिजन तथा बेडको व्यवस्थापनमा निम्न कुरा ध्यान दिनुपर्ने सुझाव दिन्छन् जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे ।

‘कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने ।’ डा. पाण्डेको सुझाव छ ।

यस्ता छन् डा. पाण्डेका ११ सुझाव

कोरोना महामारी तीब्रगतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।

१. हरेक स्वास्थ्य संस्थामा अनिबार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्ने । हरेक नागरिकले पिसिआर पोजिटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

२. फिभर क्लिनिकमा Triage गर्ने । अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आबश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे /सिटि लगायतका परीक्षण गर्ने । कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।

३. यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।

४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय / सिसिएमसी, आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा ब्यबस्थापन गर्ने ।

५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको ब्यबस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने/ गराउने बाताबरण निर्माण गर्ने ।

६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने /गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने ।

७. संक्रमण नफैलिएका जिल्लाको औषधि /उपकरण / जनशक्तिलाई जीवनरक्षाको लागि आबश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने बाताबरण निर्माण गर्ने ।

९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

१०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ । मानवताको उच्च उदाहरण बनौं ।

 

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:२१ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...