back
CTIZAN AD

सिन्धुपाल्चोकका सबै पालिकामा आइसोलेसन कक्ष तयार

वि.सं.२०७८ वैशाख २८ मंगलवार

711 

shares

२८ बैशाख, चौतारा । कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ ।

चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ ।
भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ शय्या, वडा नम्बर ४ मा १० शय्याको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच शुरु गरएको छ ।

सङ्क्रमितको लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ । पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम समेत भइरहेको पालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

कोभिड–१९ सङ्क्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । त्यसैगरी लिसङ्खु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० शङ्या, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ शय्या र जुगल गाउँपालिकाले ७० शैयाको आइसोलेसन कक्ष तयार गरेको छ । दुई डाक्टर र यथेष्ट स्वास्थ्यकर्मी मौजुद रहेको त्यहाँ आइतबारदेखि नै बिरामीको उपचार भइरहेको गाउँपालिका महासङ्घका अध्यक्ष एवं पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० शय्याको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताए ।

हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ शय्याको आइसोलेसन कक्ष तयार भए पनि सङ्क्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। त्यस्तै इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासङ्घका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या ४१७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा थप कडाइ गरेको छ ।
रासस

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:३२ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...