back
CTIZAN AD

सेयर बजारमा दोहोरो अंकको बृद्धि, सबै कम्पनी समूहको सूचक हरियै

वि.सं.२०७८ वैशाख २८ मंगलवार

711 

shares

२८ वैशाख, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक हरियै देखिएको छ भने नेप्से दोहोरो अंकले उकालो लागेको छ । मंगलबार परिसूचक २७ दशमलब ४७ बिन्दुले उकालो लागेर २६७३ दशमलब ३२ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब १२ अंकले बढेर ४७८ दशमलब २४ बिन्दुमा पुगेको छ ।

मंगलबार कूल २१९ कम्पनीका ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैंया बराबरका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६२ हजार ६५९ पटक लेनदेन भएको छ ।
आजको करोबारमा सबैभन्दा धेरै बोट्लर्स नेपाल तराई तथा साल्ट ट्रेडिङ्का लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले मात्र क्रमशः ९१५ र ८११ रुपैंयाले कमएका छन् । अघिल्लो दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताहरु सबैभन्दा धेरै कमाएका थिए ।

त्यस्तै कम्पनी समूहतर्फ जीवन बीमा कम्पनी, ब्यापार र निर्जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरु अत्याधिक कमाउनेमा परेका छन् ।

आजको कारोबारमा रकमको आधारमा नेपाल पूनर्बीमा कम्पनीले सबैभन्दा धेरै कारोबार गरेको छ । उसले मात्र आज ७६ करोड ६५ लाख ३४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार गरेको छ । कारोबार बन्द हुँदा उसको प्रति कित्ता सेयर मूल्य १५६८ रुपैंयाँ पुगेको छ । त्यस्तै संख्याको आधारमा अपि पावर कम्पनी शिर्ष स्थानमा रह्यो । उसको ५ लाख ७७ हजार २९७ कित्ता सेयर किनबेच भएको छ । कारोबार बन्द हुँदा उसको प्रति कित्ता सेयर मूल्य ३५४ रुपैंयाँ पुगेको छ ।

आजको कारोबारमा विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । उनीहरुले ५४४ अंकले गुमाएका छन् ।

सूचिकृतमध्ये २१९ कम्पनीको कारोबारमा १४५ कम्पनीको सूचक उकालो लाग्दा, २१ कम्पनीको सूचक ओरालो लागेको छ भने १८ कम्पनीको सूचकमा कूनै पनि पपिरवर्तन भएको छैन ।

Market Summary
Total Turnover Rs: 5,810,673,071
Total Traded Shares 10,819,535
Total Transactions 62,659
Total Scrips Traded 220
Market Information
Index Current Points Change %Change
NEPSE 2,673.31 27.47 1.04  
Sensitive 478.24 3.12 0.66  
Float 183.24 1.3 0.72  
Sen. Float 154.78 0.86 0.56  
Sub-Indices Current Points Change %Change
Banking 1,785.19 3.38 0.19  
Trading 4,047.54 221.67 5.79  
Hotels And Tourism 3,259.13 23.19 0.72  
Development Bank 2,832.95 15.23 0.54  
HydroPower 2,609.06 21.07 0.81  
Finance 1,271.55 17.49 1.39  
Non Life Insurance 13,622.39 176.48 1.31  
Manu.& Pro. 5,901.57 139.7 2.42  
Others 2,154.60 53.13 2.53  
Microfinance 5,481.41 65.12 1.2  
Life Insurance 17,368.95 267.18 1.56  
Mutual Fund 13.42 0.02 0.18  
Investment 100.15 1.49 1.51

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:३९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...