back
CTIZAN AD

ओलीको नयाँ अस्त्र बन्यो जसपाको ठाकूर समूह, गठबन्धन सरकार बन्न नदिन प्रयोग

वि.सं.२०७८ वैशाख २८ मंगलवार

696 

shares

वैशाख २८, काठमाडौं । प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त नगरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदबाट मुक्त भईसकेका छन् । उनी पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समयसीमा राखेर नयाँ सरकार निर्माणका लागि आव्हान गरेकी छिन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार निर्माणको लागि आव्हान गरेकी छिन् । तर राष्ट्रपतिले आव्हान गरेबमोजिम सरकार निर्माणको कार्य भने निकै जटिल देखिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मिलेर अंकगणित पुर्याउने तयारी भईरहेका बेला प्रधानमन्त्री जसपाको पूर्वराजपा समूहलाई आफ्नो पक्षमा ल्याउने खेलमा लागेपछि यस्तो देखिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धनको सरकार बनाउने तयारी चलिरहेको बेला जसपाका महन्थ ठाकूर समूह ओलीलाई सहयोग गर्ने रणनीतिमा देखिएको छ । ठाकूर समूहले राष्ट्रपतिलाई समेत पत्र पठाउँदै आफुँहरु सरकार निर्माणको खेलमा नलागेको बताएको छ ।

जसपाभित्र महन्थ ठाकूर समूहको बहुमत त छैन् तर, उक्त समूहको मत निर्णायक भने छ । यदि ठाकूर समूह अन्तिमसम्म पनि सरकार निर्माणको विपक्षमा उभिए बैकल्पिक सरकार निर्माण असम्भव हुने देखिन्छ ।

२७१ सदस्यीय प्रतिनिधि सभामा नेकपा (एमाले)सँग हाल १२१ सांसद छन् । त्यस्तै नेपाली कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४९ र जसपासँग ३२ सांसद छन् । सोमबारको मत विभाजनलाई हेर्दा जसपाको महन्थ ठाकूर समूहसँग १५ सांसद छन् ।

यसरि हेर्दा बहुमत पुर्याउन तीन दलीय गठबन्धनलाई १३६ मत आवश्यक पर्दछ । तर ठाकुर समूहको असहयोगसँगै तीन दलको पक्षमा सांसदको मात्रै समर्थन हुने देखिन्छ । जुन बहुमतभन्दा ९ मत कम हो । योसँगै देउवाको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।

अंकगणित ओलीकै पक्षमा
सोमबार ओलीको पक्ष/विपक्षमा भएको मतदानमा पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत परेको थियो । एमालेकै २८ सांसद अनुपस्थित हुनु र हालकै सरकारको निरन्तरतामा देखिएका १५ सांसदले तटस्थमा भोट हालेसँगै ओलीले विश्वासको मत गुमाएका थिए ।

तर, सोमबारको मतदानमा अनुपस्थित २८ सांसद र तटस्थमा मत दिएका १५ सांसदको भूमिका नै आगामी सत्ता समिकरण निर्माणका लागि महत्वपूर्णं हुने देखिएको छ । यदि यी सबै सांसदलाई आफ्नो पक्षमा पार्न सके ओली पुनः सत्तामा पुग्ने निश्चित छ ।

यदि बहुमतीय प्रक्रियाको चरणमा माधव पक्षका २८ र तटस्थमा देखिएका जसपाका १५ सांसदले हालकै जस्तै व्यवहार प्रदर्शन गरे पुनः ठूलो दलको हैसियतमा ओलीले सरकार निर्माण गर्न सक्नेछन् । ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले पुनः संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री दाबी गर्न आव्हान गरेकी छिन् ।

तर दुई वा दुईभन्दा बढि दलको तर्फबाट बहुमत देखाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीको खोजी हुनेछ । धारा ७६ को उपधारा ३ मा भएको प्रावधानअनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः ओली कै नेतृत्वमा सरकार गठन हुनसक्नेछ ।

सम्बन्धित समाचार

यसकारण फेरि आउन सक्छन् ओली…

जसपाभित्रको विवाद उत्कर्षमा, जुनसुकै बेला विभाजन हुनसक्ने

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:४० मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...