back
CTIZAN AD

कोरोना संक्रमणपछि अस्पतालमा भर्ना पूर्वराजा शाह दम्पत्ती खतराबाट मुक्त

वि.सं.२०७८ वैशाख २८ मंगलवार

759 

shares

२८ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेद्र शाह दम्पत्ती कोरोना संक्रमणको खतराबाट मुक्त भएका छन् ।

नर्भिक अस्पताल थापाथलीमा उपचाररत पूर्वराजा शाह र पूर्वरानी कोमल शाह कोरोनाको खतराबाट मुक्त भएका हुन् ।

आइतबार कोरोनाको पुनः परीक्षण गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहको रिर्पोट नेगेटिभ आएको छ भने गम्भीर अवस्थामा रहेकी पूर्वरानी कोमल शाह यतिबेला आइसीयु वार्डमा सारेर उपचार गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

भारतको कुम्भ मेलामा गएर नेपाल फर्किएका पूर्वराजा दम्पत्ती आउदासाथ कोरोना संक्रमण देखिएपछि दुईसाता अगाडि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा गम्भीर रहेकी पूर्वरानी कोमल शाहलाई पहिले अक्सिजन र पछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुभ्म मेलामा सहभागी भएर फर्किएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उक्त मेलामा नेपालका पूर्वसचिव, पत्रकार लगायत उच्च पदस्थहरु सहभागी भएका थिए ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...