२८ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेद्र शाह दम्पत्ती कोरोना संक्रमणको खतराबाट मुक्त भएका छन् ।
नर्भिक अस्पताल थापाथलीमा उपचाररत पूर्वराजा शाह र पूर्वरानी कोमल शाह कोरोनाको खतराबाट मुक्त भएका हुन् ।
आइतबार कोरोनाको पुनः परीक्षण गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहको रिर्पोट नेगेटिभ आएको छ भने गम्भीर अवस्थामा रहेकी पूर्वरानी कोमल शाह यतिबेला आइसीयु वार्डमा सारेर उपचार गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
भारतको कुम्भ मेलामा गएर नेपाल फर्किएका पूर्वराजा दम्पत्ती आउदासाथ कोरोना संक्रमण देखिएपछि दुईसाता अगाडि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उपचारका क्रममा गम्भीर रहेकी पूर्वरानी कोमल शाहलाई पहिले अक्सिजन र पछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कुभ्म मेलामा सहभागी भएर फर्किएका ७५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उक्त मेलामा नेपालका पूर्वसचिव, पत्रकार लगायत उच्च पदस्थहरु सहभागी भएका थिए ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:२१ मा प्रकाशित