back
CTIZAN AD

कविता: आमा नै साक्षात भगवान

वि.सं.२०७८ वैशाख २८ मंगलवार

840 

shares

बिर्सेर पिर, संतानको सुखमा रमाउँछिन्,
आफू रोएर पनि संसारलाई हसाउँछिन् ।
आमा हुन माया र ममता कि मुल मुहान,
आमानै जननी आमानै साक्षात भगवान् ।।

पिलाई आफ्नै दूध संतानलाई हुर्काउँछिन्,
हात समातिकन क, ख लेख्न सिकाउँछिन् ।
संतानलाई खुवाउँछिन् आफै भोकै बसेर,
दिनरात सेवा सुसार गर्छिन हातपाउ धसेर ।।

हुन्न मनमा अलिक यिनको छल र स्वार्थ,
आमा नै संसार हो आमा बिना सबै व्यर्थ ।
गरौं सेवा र सुसार छरौं मुहारमा मुश्कान,
आमानै दिव्य चक्षु आमानै सुनौलो बिहान ।।

आमा बिनाको घर हुन्छ सर्वदा सुन्य सुन्य,
जो संग आमा हुन्छिन् उसैको भाग्य धन्य ।
गर्छु हे ! जननी दुबै कर जोडि नित्य बन्दना,
अब कस्ले सुन्छ आमा अन्तर्मनको क्रन्दना ।।

 

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:४२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...