back
CTIZAN AD

कविता: आमा

वि.सं.२०७८ वैशाख २८ मंगलवार

729 

shares

आमा विना जीवन हेर कस्तो
उराँठ लाग्दो वन कुञ्ज जस्तो ।
त्यो काख तिम्रो अति नै पवित्र
तिम्रै छ तस्वीर सदा मभित्र ।। १।

बोकेर नानी नित खोकिलामा
बसेर भोकै पनि टन्न आमा ।
बाँडेर हांँसो दिनरात आमा
हुन् बाँच्न सक्ने जननी धरामा ।।२।

दिएर माया न त रित्तिने छिन्
भन्डार जस्तो न त सिद्धिने छिन् ।
यो शब्द प्यारो अति नै मलाई
भन्यौ सधैँ सन्ततिको भलाई ।।३।

पार्ने उज्यालो झलमल्ल सारा
सुन्ने तिमी नै दिलको पुकार।
वात्सल्य पोख्ने ममता अपार
आमा तिमी हौ मनकी जुहार ।।४।

किनेर पाइन्न कदापि आमा
पाइन्छ माया ममता दिँदामा ।
सेवा सुरक्षा नित गर्न पाऊँ
अपार माया दिलमा सजाऊँ ।।५।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:४० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...