back
CTIZAN AD

भारतमा मंगलबार ३ लाख ४८ हजारमा कोरोना संक्रमण, ४१९८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख २९ बुधवार

672 

shares

२९ बैशाख, काठमाडौं । भारतमा मंगलबार ३ लाख ४८ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा केही दिनयता कोरोना संक्रमण हुनेको संख्या घट्दै गएपनि सोमबारको तुलनामा मंगलबार संक्रमित हुनेको संख्या १८ हजारले बढी हो ।

त्यसैगरी मंगलबार ४ हजार १९८ जनाले ज्यान गुमाएका छन् । साथै सोहि अवधिमा ३ लाख ५५ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा केही दिनयता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ ।

भारतमा मंगलबारसम्म संक्रमित हुनेको कूल संख्या २ करोड ३३ लाख पुगेको छ । ती मध्ये निको हुनेको संख्या १ करोड ९३ लाख रहेको छ भने हाल सक्रिय संक्रमितको संख्या झण्डै ३७ लाख रहेको छ ।

भारतमा हालसम्म २ लाख ५४ हजारले ज्यान गुमाएका छन् ।

त्यसैगरी सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ । महाराष्ट्रमा मंगलबार ४० हजार ९५६ जना संक्रमित भएका छन् भने सोहि अवधिमा ७१ हजार ९६६ जना निको भएका छन् । महाराष्ट्रमा यो साता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढिरहेको छ ।

त्यस्तै मंगलबार ७९३ जनाको मृत्यु भएको छ । मंगलबार थपिएका ७९३ सहित महाराष्ट्रमा हालसम्म ७७ हजार १९१ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा हालसम्म ५१ लाख ७९ हजारमा संक्रमण पुष्टि भएको छ । ती मध्ये ४५ लाख ४१ हजार निको भएका छन् । साथै ५ लाख ५८ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

दिल्लीमा पनि कोरोना संक्रमित हुनेको संख्या घटेको छ । मंगलबार १२ हजार ४८१ ज्नामा संक्रमण पुष्टि भएकोमा सोहि अवधिमा १३ हजार ५८३ जना निको भएका छन् । साथै सोहि अवधिमा ३४७ जनाको मृत्यु भएको छ ।

दिल्लीमा हालसम्म १३ लाख ४८ हजारमा संक्रमण पुष्टि भएको छ भने १२ लाख ४४ हजार निको भएका छन् । समाचार ऐजेन्सीका अनुसार हालसम्म २० हजार १० जनाको मृत्यु भएको छ भने ८३ हजार ८०९ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १२:४७ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...