back
CTIZAN AD

नारायणकाजीले दिए माधव नेपाललाई यस्तो बधाई

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

813 

shares

३१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै उनले घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन आजको आवश्यकता पुरा हुन नसक्ने बताउँदै यसबाट माथि उठ्न माधव समूहलाई सुझाएका छन् ।

बिचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र नभएको भन्दै ‘घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन आजको आवश्यकता पुरा गर्न नसकिने बताएका हुन् ।

उनले बैचारिक छिपछिपेपन, बिधिपद्धतिको अवज्ञा, ब्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुुनुपर्नेमा धारणा राखेका छन् ।

देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

साथै तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुट्न समेत आग्रह गरेका छन् ।

यसअघि उनले सामाजिक सञ्जालमा नेपाली शासकहरुले आफ्नो कुर्सी स्वार्थका लागि बाह्रय शक्तिसँग त्वमशरणम गरेर विदेशी हस्तक्षेप निम्त्याएको बताएका थिए ।

 

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...