वैशाख ३१, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । सरकार बनाउन असफल भएको गठबन्धन समिक्षा गर्न बैठकमा जुटेको बताइएको छ ।
जनाइएअनुसार बैठकमा विपक्षी गठबन्धनका तीनै नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव सहयोगी नेताहरुका साथमा सहभागी छन् ।
जनाइएअनुसार बैठकमा देउवासहित कांग्रेसका नेताहरु महामन्त्री डा. शशांक कोइराला, पुर्र्णंबहादुर खड्का र नारायण खड्का सहभागी छन् भने माओवादीबाट प्रचण्डसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्तीमगर सहभागी छन् ।
विपक्षी गठबन्धन सरकार निर्माणमा असफल भएसँगै संविधानको धारा ७६ (३)अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनको सपथको तयारी भईरहेको छ ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १२:२५ मा प्रकाशित




























