back
CTIZAN AD

निषेधाज्ञा उल्लङघन गर्ने जीप व्यवसायीलाई कारबाही

वि.सं.२०७८ जेठ १ शनिवार

597 

shares

१ जेठ, मार्तडी । जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् ।

मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ ।

निषेधाज्ञामा सवारी साधनलाई अनुमती बिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दैसदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन् । जीप व्यवसायीहरुले काठमाडौँलगायतका शहरबाट गएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने गरेका छन् ।

काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक मृत्यु हुने दर नरोकिएपछि जिल्लामा आएका करीब २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैनसम्म रु एक हजार ५०० र मार्तडी–कोल्टीका लागि रु दुई हजार भाडा लिएको जीपमा सवार भएका शम्भु रोकायाले गुनासो गरेका छन् । उनले काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएको र घर जानुपर्ने बाध्यता भएकाले जीप व्यवसायीहरुले त्यही मौका पारेर बढी भाडा लिएको रोकायाले बताए ।

जीप व्यवसायीहरुले पटक पटक विभिन्न समयमा मौका पारेर भाडा दोब्बर असुल्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् । जीप व्यवसायीहरुले जिल्लामा अनुमति बिना सवारी साधन सञ्चालन गरेर यात्रु ओसारपसार गर्दै आएका भएपनि स्थानीय प्रशासन र सुरक्षा निकाय मौन रहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महामारीका बेला अनुमती बिना जिल्ला आउने र जिल्लामा सवारी साधन सञ्चालन गर्नेलाई कानूनी कारबाही गर्ने बताएका छन्। उनले गैरकानूनी रुपमा मनोमानी भाडा लिने र अनुमती बिना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिई सङ्क्रमण ऐन २०२० अनुसार कानूनी कारबाही गर्ने राससलाई जानकारी दिए ।
रासस

वि.सं.२०७८ जेठ १ शनिवार १७:१४ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...