back
CTIZAN AD

आज कोरोना संक्रमणबाट १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण,५४५५ जना संक्रमण मुक्त

वि.सं.२०७८ जेठ १ शनिवार

762 

shares

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४,८५६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको १७,९७१ पिसीआर र ५७७ ऐन्टिजेन गरी १८,५४८ नमुना परीक्षणमा ८,१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ३४७, ललितपुरमा ४४४ र काठमाडौंमा २१४६ गरी उपत्यकामा २९३७ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ८,१६७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५,४५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,४५५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १३३१ जना र भेन्टिलेटरमा ३७० जना उपचाररत छन् ।

त्यसैगरी हाल देशैभरी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७,९६९ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख १ हजार ७७१ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ५१६ जना रहेका छन् ।

त्यस्तै हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ५१ हजार ४८१ नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित

वि.सं.२०७८ जेठ १ शनिवार १७:४९ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...