back
CTIZAN AD

कोरोना संक्रमणबाट आज २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

774 

shares

३१ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका २०३ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४,६६९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,९४८ पिसीआर र ५३० ऐन्टिजेन गरी २१,४७८ नमुना परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ३३५, ललितपुरमा ५५६ र काठमाडौंमा २४५८ गरी उपत्यकामा ३,३४९ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ८,५२० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ६,१३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,१३५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५६ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.५ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १३३४ जना र भेन्टिलेटरमा ३७१ जना उपचाररत छन् ।

त्यसैगरी हाल देशैभरी १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ८,४६७ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या ९८ हजार ८६९ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ५१६ जना रहेका छन् ।

त्यस्तै हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ३३ हजार ५१० नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु, ८,९६० संक्रमित, ५,०५५ जना संक्रमणबाट मुक्त

 

 

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १८:२१ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...