३१ बैशाख, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार १२ जना र शुक्रबार ११ जना गरी २३ जनाको मृत्यु भएको हो ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा तनहुँका ३, स्याङजाका ६, बागलुङका ३, कास्कीका १० र पाल्पाका १ गरी २३ जना रहेका छन् ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १८:०३ मा प्रकाशित