back
CTIZAN AD

जसपा विवाद : उपेन्द्र समूहलाई पत्तै नदिई संसदीय दलको नेता चयन

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

783 

shares

वैशाख ३१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले संसदीय दलको नेता चयन गरेको छ । भक्तपुरको एक रिसोर्टमा बिहिबार बेलुका भएको उक्त समूहका सांसदहरुको बैठकले नेता चयन गरेको हो ।

जसपाका सांसद उमाशंकर अरगरियाले बताएअनुसार पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बहुमत सांसदहरुको बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेताको रुपमा चयन गरेको हो । उनका अनुसार बैठकमा २० सांसदको उपस्थिति थियो ।

बताइएअनुसार बैठकले गरेको निर्णय पार्टी कार्यालयमा भने दर्ता गरिएको छैन् । निर्णय भोली दर्ता गर्ने तयारी गरिएको उनले बताए ।

बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसदहरु भने उपस्थित थिएनन् । यता उपेन्द्र यादव समूहले भने उक्त बैठक अवैधानिक भएको भन्दै निर्णय मान्य नहुने बताएको छ ।

यादव समूहका एक नेताले महेश बस्नेत र उनको समूह आफ्नो पार्टीकाे सांसद नभएको बताए । उनका अनुसार बैठकमा १२ सांसद मात्रै उपस्थित थिए । बाँकी महेश बस्नेतका सहयाेगी थिए ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १७:५० मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...