back
CTIZAN AD

पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु, ८,९६० संक्रमित, ५,०५५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ वैशाख ३० बिहीवार

909 

shares

३० बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ ।

आज थपिएका २१४ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४४६६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको १९,४७४ पिसीआर र ७७१ ऐन्टिजेन गरी २०,२४५ नमुना परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ३४८, ललितपुरमा ४८१ र काठमाडौंमा २७३३ गरी उपत्यकामा ३,५६२ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबारको तुलनामा उपत्यकामा विहीबार संक्रमित हुनेको संख्या ३६२ ले कमी हो ।

आज थपिएका ८,९६० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५०५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५०५५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.६ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १३८१ जना र भेन्टिलेटरमा ३८० जना उपचाररत छन् । बुधबारको तुलनामा विहीबार आइसीयु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ८,८२८ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या ९६ हजार ३७९ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ४९७ जना रहेका छन् ।

 

वि.सं.२०७८ वैशाख ३० बिहीवार १८:१० मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...