back
CTIZAN AD

रत्ननगर अस्पताललाई एनआरएनए अफ्रिकाद्वारा अक्सिजन सिलिण्डर सहयोग

वि.सं.२०७८ वैशाख ३० बिहीवार

765 

shares

३० वैशाख, रत्ननगर, चितवन । गैरआवसीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा चितवनको बकुलहर रत्ननगर अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

रु २ लाख पचार हजारमा खरिद गरिएको १० थान अक्सिजन सिलिण्डर एनआरएनए सेसेल्सकी अनिता थापाले अफ्रिकाका गैरआवासीय नेपालीहरुका तर्फबाट रत्नगर नगरपालिकाका मेयर नारायण वनलाई हस्तान्तरण गरेकी छन्। मेयर बनले अफ्रिकाका एनआरएनलाई यस बिषम अबस्थामा रत्नगरलाई सहयोग गरेकोमा आभार ब्यक्त गरेका थिए ।

रत्ननगर अस्पताल ब्यबस्थापन समितिका पूर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ लगायत लगायत प्रबुद्ध व्यक्तित्वहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो । यो पुण्यकार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछानेले थप अक्सिजन सिलेन्डर यस अभियान मार्फत रत्ननगर अस्पताललाई उपलब्ध गराउने जानकारी गराएका छन् ।

चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गरिरहेका छन् भने एनआरएनए राष्ट्रिय समन्वय समिती सेसेल्स र घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरिरहेका छन् ।

एनआरएनए अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले अक्सिजन नपाएर आफन्तहरुको ठूलो संख्या देशभर मृत्युवरण गरिरहेको यो दुखद् घडीमा थोरै भए पनि अफ्रिकाबासी नेपालीहरुका तर्फबाट सहयोग गर्न खोजी रहेको बताए ।

थापाका अनुसार केहीदिनमै कैलालीको टीकापुर, बाराको सिमरा लगायत पाल्पा गुल्मी, पुर्व नवलपरासी, स्याङ्जा, पर्सा र इलाम लगायतका जिल्लाहरुमा अक्सिजन आपूर्तिको सहयोग हुँदैछ । बुधबार मात्र पश्चिम नवलपरासीको परासी अस्पतालमा साठी थान सिलिन्डर अक्सिजन हस्तान्तरण गरिएको छ ।

संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रत्येक दिन देशका विभिन्न अस्पताल हरुमा दुई सय भन्दा बढी नागरिकको ज्यान जानू बिडम्बना भएकोले संसारभरका एनआरएनले तत्काल आ–आफूले गर्न सक्ने अक्सिजन सिलिन्डर सहयोग अस्पतालहरुमा ढिलो नगरी पु¥याउन अनुरोध गरेका छन् ।

थापाले अफ्रिकाका एनसीसीहरुको यो प्रशंसनीय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई आह्वान समेत गरेका छन् ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १८:२८ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...