back
CTIZAN AD

माओवादी केन्द्रद्धारा कोरोना महामारीविरुद्ध एकजुट हुन प्रवासी नेपालीलाई अनुरोध

वि.सं.२०७८ वैशाख ३० बिहीवार

678 

shares

३० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीविरुद्ध एकजुट हुन प्रवासी नेपालीलाई अपिल गरेको छ ।

पार्टीका प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईँले विदेशमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरुले स्वदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीको पक्षमा सोच्नुपर्ने बेला आएको भन्दै यो संकटपूर्ण घडीमा सबैलाई एकजुट हुन अपिल गरेका हुन् ।

‘सबै प्रवासी नेपाली संघसंगठन लगायत सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यस्तो संकटपूर्ण घडीमा अक्सिजन, एम्बुलेन्स लगायत अन्य प्रतिरोधी औषधि, उपकरण तथा सेवाका निमित्त आ–आफ्नो ठाउँबाट सहयोग प्रदान गर्न विनम्र अनुरोध गर्दछौं,’ अध्यक्ष चौलागाईँद्धारा विहीबार जारी अपिलमा भनिएको छ,‘नेकपा (माओवादी केन्द्र) को प्रवास कमिटीले यस सम्बन्धी इच्छुक प्रवासी संघ–संस्थाहरु मिलेर सक्दो सहयोगी कार्य गरिरहने जानकारी गराउँदछौं ।’

May be an image of text

वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:४५ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...