back
CTIZAN AD

भारतमा गएराति भूकम्प

वि.सं.२०७३ माघ २५ मंगलवार

912 

shares

२५ माघ,नयाँदिल्ली। भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रुद्रप्रयाग जिल्लाको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वमा रहेको जनाइएको छ ।

उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रदेशहरु र देशको राजधानी दिल्लीमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ ।

भूकम्प आएपछि स्थानीयबासिन्दा घरबाट भागेर खुल्ला ठाउँमा जम्मा भएका थिए । उनीहरु अहिले पनि त्रसित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

“म कार्यालयमा काम गरिरहेको थिए । टेवुलमा रहेको खाली बोत्तल अचानक भुइँमा खस्यो, म रहेको भवन पुरै हल्लिएपछि मलाई साह्रै डर लाग्यो,” दिल्लीका एक बासिन्दा अनिल अग्रवालले सिन्ह्वालाई भन्नुभयो । भूकम्पका कारण कुनै मानवीय क्षति भएको खवर भने नआएको अधिकारीहरुले जनाएका छन् ।

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:१२ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...