Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

लेखनाथ महोत्सवको तयारी पूरा



२५ माघ,पोखरा। लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिनुभयो । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर रु १५ करोडदेखि रु २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब रु ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम