back
CTIZAN AD

लेखनाथ महोत्सवको तयारी पूरा

वि.सं.२०७३ माघ २५ मंगलवार

966 

shares

२५ माघ,पोखरा। लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिनुभयो । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर रु १५ करोडदेखि रु २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब रु ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले बताउनुभयो ।

वि.सं.२०७३ माघ २५ मंगलवार १०:०९ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...