back
CTIZAN AD

दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

वि.सं.२०७८ जेठ ६ बिहीवार

687 

shares

६ जेठ, काठमाडौँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए ।

कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए । दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । “अरु सबैको डायलासिस सकिएपछि उनीहरुलाई छुट्टै राखेर डायलासिस गराइएको छ”, पण्डितले भने ।

कोरोना सङ्क्रमित दुवै पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

वि.सं.२०७८ जेठ ६ बिहीवार ०७:२७ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...