back
CTIZAN AD

विद्युतको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न माग

वि.सं.२०७८ जेठ ६ बिहीवार

717 

shares

६ जेठ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरूले विद्युत व्यापारको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

प्राधिकरणमा क्रियाशिल राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले सरकारले अघि बढाएको विद्युत व्यापारको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न माग गर्दै संयुक्त रुपमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

छुट्टै कम्पनि गठनको प्रक्रिया अघि बढेको भन्ने खबरहरुप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले विद्युतको व्यापार निजी क्षेत्र हावी हुने गरी स्थापना हुने कम्पनीहरुमार्फत विद्युत व्यापार प्रक्रिया अघि बढाउँदा प्राधिकरणको मात्र नभइ देशकै समग्र उर्जा क्षेत्रलाई थप अनिश्चितता तर्फ धकेल्ने उल्लेख गरेका छन् ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवम् प्राधिकरण संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्य एवम् श्रम तथा रोजगार कार्यालयलाई समेत बोधार्थ गरिएको उक्त ध्यानाकर्षण पत्रमा उनीहरुले विद्युत व्यापारका लागि प्राधिकरणमा गठन भएको ‘नेपाल विद्युत व्यापार कम्पनी’ लाई नै क्रियाशिल गराउन माग समेत गरेका छन् ।

‘आफ्नै सहायक कम्पनीका रुपमा नेपाल विद्युत व्यापार कम्पनी गठन गरिसकिएको अवस्थालाई त्यसैलाई क्रियाशिल गराउनु पर्नेमा प्राधिकरणको नगन्य सहभागीता रहने गरी विद्युतको व्यापार निजी क्षेत्र हावी हुने गरी स्थापना हुने कम्पनीहरुमार्फत विद्युत व्यापार प्रक्रिया अघि बढाउँदा प्राधिकरणको मात्र नभइ देशकै समग्र उर्जा क्षेत्रलाई थप अनिश्चितता तर्फ धकेल्ने निश्चित भएको’ पत्रमा उल्लेख छ ।

उनीहरुले प्राधिकरणलाई यस्ता कुनै पनि गतिविधिहरुमा सहभागी नहुन/नगराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गरिएको छ । साथै यस्तो गम्भिर विषयमा क्रियाशिल ट्रेड युनियनहरु लगायतका सरोकार निकायहरुसँग छलफलै नगरी प्रक्रिया अघि बढाइएमा कठोर कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

सरकारले प्राधिकरणको १० प्रतिशत मात्रै हिस्सा हुने गरी विद्युत व्यापारको जिम्मा विशाल ग्रुपलाई दिने प्रक्रिया अघि बढाएको भन्ने खबर सञ्चार माध्यममा आएपछि युनियनहरू विरोधमा उत्रिएका हुन् ।

 

वि.सं.२०७८ जेठ ६ बिहीवार ०८:३२ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...