back
CTIZAN AD

राष्ट्रिय सभा उपनिर्वाचन आज, बादल र देवकोटा भिड्दै

वि.सं.२०७८ जेठ ६ बिहीवार

768 

shares

जेठ ६, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । प्रदेश राजधानी हेटौंडामा हुने निर्वाचनमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा (एमाले) नेता रामबहादुर थापा ‘बादल’ र विपक्षी गठबन्धनको तर्फबाट एमालेकै माधवकुमार नेपाल समूहका नेता डा. खिमलाल देवकोटा उम्मेदवार छन् । निर्वाचनमा नेमकिपाका कृष्णगोपाल तामाङ पनि उम्मेदवारको रुपमा उठेका छन् ।

निर्वाचनमा मुख्यतः एमालेकै दुई उम्मेदवार बादल र देवकोटाबीच प्रतिस्पर्धा हुनेछ । कुन उम्मेदवारले जित्छन् भन्ने कुरालाई निकै चाँसोका साथ हेरिएको छ ।

निर्वाचन आयोगले बताएअनुसार निर्वाचनको परिणाम आज नै सार्वजनिक हुनसक्छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएअनुसार प्राविधिक समस्या नदेखिए परिणाम आज नै आउनेछ ।

उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेश सभामा एक सय १० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधि (प्रमुख–उपप्रमुख) मतदाता छन् ।

मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । अर्थात् एक सय १० प्रदेश सांसदको ५ हजार दुई सय ८० र दुई सय ३८ स्थायीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी मतभार छ । यसरी हेर्दा प्रदेशमा ९ हजार ५ सय ६४ मतभार छ ।

कसले जित्ने सम्भावना बढि ?

प्रदेश सांसद पशुपति चौलागाईंको निधनपछि प्रदेशमा एमालेका ५६ सांसद र स्थानीय तहका एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । जहाँ कुल मतभार पाँच हजार ८२ हुन्छ । प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी कांग्रेसका ९० जना मतदाता छन्, जसको कुल मतभार २ हजार २ सय ८० हुन्छ ।

त्यस्तै, माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाताको कुल मतभार १ हजार ६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको मतभार ३ हजार ९ सय ७८ छ ।

प्रदेशमा एमाले र कांग्रेस–माओवादीबीच १ हजार एक सय २ मतभारको फरक छ । यस्तोमा माधवकुमार नेपाल पक्षका १३ प्रदेश सभा सांसदले फ्लोरक्रस गरे एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई जित्न कठिन हुनसक्छ । स्थानीय तहका एक सय ३३ मतदातामा पनि माधव पक्षले आफ्नो पकड राम्रो भएको बताईरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

 

वि.सं.२०७८ जेठ ६ बिहीवार ०८:४३ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...