जेठ ६, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि भएको उपचुनावमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
निर्वतमान गृहमन्त्री एवं नेकपा (एमालेंका उम्मेदवारलाई पराजीत गर्दै उनी विजयी भएका हुन् । विजयी देवकोटाले ५०८८ मतभार पाएका छन् । मतपरिणामअनुसार बादलले ४०१३ मतभार पाएका छन् ।
परिणामअनुसार प्रदेशसभाका १०५ सदस्यमध्ये देवकाटोले ५८, बादलले ४५ र नेमकिपाका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखबाट देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएका छन् ।
विजयी देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका साझा उम्मेदवार हुन् । माधवकुमार नेपाल पक्षीय एमालेका नेता देवकाटा संघीयताविज्ञको रुपमा समेत चिनिन्छन् ।
वि.सं.२०७८ जेठ ६ बिहीवार १७:३० मा प्रकाशित





























