back
CTIZAN AD

फेरि पनि कम्युनिष्ट एकताको विकल्प छैन

वि.सं.२०७८ जेठ ६ बिहीवार

1.1K 

shares

कम्युनिष्ट विचारधारा बोक्ने मानिसहरु समाजवादी राज्य व्यवस्थाका पृष्ठपोषक हुन्छन र पुँजीवादको अन्त्य गर्न चाहन्छन । त्यसैले पुँजिवाद यस्तो संसदीय संरचनामा बसेर गैर– कम्युनिष्टहरुले कम्युनिष्टहरुलाई अगाडी बढ्नबाट रोक्नु, उनीहरुबीच फुट पैदा गर्नु, एकता भाँडनु स्वभाविक हुन जान्छ ।

एक सच्चा कम्युनिष्टले आशा गर्नु भनेको राज्यमा इमान्दारिताको राज हुनु, भ्रष्टाचार रहित राजनितीको स्थापना हुनु नै होला तर आज पुँजीवादी संसदिय व्यवस्थाले त्यो सबै मूल्य मान्यतालाई बर्बाद गरिदिएको छ । देश र आम जनता कोरोना महामारीको कहरले तवाह हुँदैछ तर राज्य सञ्चालकहरु भ्रष्टाचारले ग्रसित छन । नैतिक मुल्यहिन भएर कुर्सिमा बिराजमान छन् ।

हाम्रो देशमा कम्युनिष्ट राज्य व्यबस्थाको लागि पटक पटक लाखौं युवा हरुले बलिदानी दिए, अपाङ्ग भए, घाइते भए, आज उनी बलिदानी दिने महान् सपुतका सन्तानहरु औषधी उपचार नपाइ मरिरहेका छन्, भोकले भिख मागीरहेका छन, अरबको खाडिमा लास बनीरहेका छन । लाखौं नेपाली जनताले आफ्नो आस्था, भावनालाई कम्युनिष्ट पार्टीको नाममा कैद गराए, आफ्नो जीवनको महत्त्वपूर्ण समय र शक्तिलाई समर्पित गरे तर आज पार्टीका शिर्षस्थ नेताहरु आफ्नो व्यक्तिगत स्वार्थको लागि आपसमै विभाजीत छन् । यिनिहरुको विभाजन र फरकमतमा कुनै दम छैन । के हिजो गरिएका महान जनआन्दोलनहरु यिनिहरुको यस्तै लुछाचुडिहरु देख्नलाई रहेछ त ? यस्तै टुट फुट र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्नका लागि रहेछ त ?

 पार्टीको सबै जनवर्गिय संगठनहरुलाई पुर्ण रुपमा परिचालन गरि समस्या समाधानको बाटोमा अगाडी बढन सबै कम्युनिष्ट नेता तथा कार्यकर्ताको लागि अनिवार्य सर्त बनोस् र पार्टी एकता कायम रहोस् ।

हिजो कम्युनिष्ट जनताहरुले शिक्षा र स्वास्थ्यलाई निजीकरण नगर, मुनाफाखोरहरुको हातमा नसुम्पेउ भनेर लडेको त सहि नै देखियो त ? आज यस्तो महामारीमा निजि अस्पताल तथा स्वास्थ्य माफियाहरुले मानव जीवन माथि गरेको खेलवाड र व्यापारले प्रष्ट पारी सक्यो कि शिक्षा तथा स्वास्थ्य राज्यको स्वामित्वमा रहनुपर्छ र यो अवस्था कम्युनिष्ट मात्र चाहन्छन् । राज्यले सबै अस्पतालहरुलाइ आफ्नो नियन्त्रणमा लिएर, राष्ट्रियकरण गरेर जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ र यो महामारीबाट देशलाई मुक्त गर्नुपर्छ ।

तर हाल कम्युनिष्टहरुको नाममा पुँजीवादी एजेन्टहरुले सत्ताको स्वाद चाखिरहेका छन, त्यसैले देश र जनताको यो चित्कारमा पनि यिनिहरु भ्रष्टाचारि संयन्त्रको कब्जामा छन, टुटफुट र व्यक्तिगत द्वन्द्वको मजामा छन् ।

पुँजिवाद्को अन्तर्निहित विशेषताका कारणले हाल मुलुक अति उत्पादनको समस्या, आम बेरोजगारीको समस्या, मुल्यबृद्धिको समस्या, प्रबिधि तथा मानविय श्रमको दुरुपयोगको चरम समस्याले ग्रसित भयकै बेला मानव सभ्यताको मेडिकल साइन्सलाई चुनौती दिदै एउटा सूक्ष्म जिवाणुले कोरोना महामारीको नाममा सारा बिश्वलाई नै घुडा टेकाएको छ । यस्तोमा लोकतन्त्रका हिमायती ठान्ने कथित असली राज्य व्यवस्थाका ठेकेदारहरु पराजित देखिन्छन् । लाँखौ जनताले एक मुठी जीवनको लागि चित्कार छोडिरहेको यो बिषम परिस्थितीमा हाम्रो पार्टी भित्रको यो कलुषित नियतले पालित पोशित नेतृत्व प्रवृत्तिले यो आन्तरिक विभाजनको मानसिकतामा रहेर केही गर्न सक्ला जस्तो देखिदैन् ।

सामान्यतया सम्पुर्ण कम्युनिष्ट पार्टी, विशेष तह हरेक स्तरको नेतृत्वदायी अंग र मुख्यतः केन्द्रीय नेतृत्वले कम्युनिष्ट पार्टी समाजको लागि किन ? भन्ने आधारभूत कारणसहित जनतामा जानू र पार्टीलाई एकीकृत बनाउनुको बिकल्प देखिदैन । पार्टीमा व्यक्तिवाद, अराजकतावाद, बहुकेन्द्रवाद, अनुशासनहिनता, फुटवाद र गुटवादले जन्म लिने प्रमुख कारण भनेकै अहिलेको दक्षिणपन्थी अवसरवाद हो । पार्टीभित्र रहेका मनोगतवाद, सन्किर्णतावाद र अराजकतावादको प्रवृत्तिलाई शुद्धीकरण अभियान मार्फत लेनिनवादी क्रान्तिकारी सिद्धान्तलाई अङ्गाल्दै वर्गसंघर्षको सही विश्लेषणमार्फत मात्र नेतृत्व वीच देखिएको जटिल परिश्थितीलाई सहज बनाउन सकिन्छ ।

पार्टी भित्रको समस्याको सम्पुर्ण बैचारिक समाधानलाई अहिले थाती राख्न जरुरी छ किनकी पार्टी भित्र झाङ्गिएको समस्याको चुरो कारण र समाधानको बैज्ञानिक उपाय पनि महान बहस र महाधिवेशनबाट मात्र हुन सक्छ । त्यसैले आपसी गुटगत स्वार्थको निवारणका निम्ति महाधिवेशनको बहसलाई औजार बनाइ सम्पूर्ण नेतृत्वहरु एकै ठाँउमा बसी राष्ट्र र जनताको जीवन तथा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउन जरुरी बनेको छ । पार्टीको सबै जनवर्गिय संगठनहरुलाई पुर्ण रुपमा परिचालन गरि समस्या समाधानको बाटोमा अगाडी बढन सबै कम्युनिष्ट नेता तथा कार्यकर्ताको लागि अनिवार्य सर्त बनोस् र पार्टी एकता कायम रहोस् ।

वि.सं.२०७८ जेठ ६ बिहीवार १७:३३ मा प्रकाशित

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...