back
CTIZAN AD

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु, ८ हजार ३०५ संक्रमित

वि.सं.२०७८ जेठ ६ बिहीवार

669 

shares

५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १९० जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१,६९५ पिसीआर र ३९२ ऐन्टिजन गरी २२०८७ नमुना परीक्षणमा ८,३०५ जना नयाँ संक्रमित थपिएका छन् ।

आज भक्तपुरमा २२९, ललितपुरमा ४०३ र काठमाडौंमा २६०० गरी जम्मा ३२३२ संक्रमित थपिएका छन् । आज थपिएका ८,३०५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,५४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,५४३ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १५ हजार ८५२ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७, ८१४ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ३८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७४८ जना र भेन्टिलेटरमा ४९२ जना उपचाररत छन् ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख ५५ हजार ७९३ वटा नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पहिलो २१ लाख १३ हजार ८० जनाले पहिलो चरणको खोप लिइसकेका छन् भने दोस्रो चरणको खोप लगाउनेको संख्या ४ लाख २६ हजार ५१० पुगेको छ ।

कोरोना संक्रमणबाट आज एकैदिन २४६ जनाको मृत्यु, ८१७३ जनामा संक्रमण

वि.सं.२०७८ जेठ ६ बिहीवार १७:५६ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...