६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् ।
बिहीबार साँझ राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी र कोभिड १९ संकटकाल व्यवस्थान सम्बन्धी दुई अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जानकारी दिए अनुसार राष्ट्रपतिले शपथसम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको जनाइएको छ ।
वि.सं.२०७८ जेठ ६ बिहीवार २०:०५ मा प्रकाशित






























