back
CTIZAN AD

माधव पक्षधर सांसदहरुको पद नजाने

वि.सं.२०७८ जेठ ७ शुक्रवार

684 

shares

७ जेठ, काडमाडौँ । नेकपा एमालेका युवा नेता राजेन्द्र राईले माधव पक्षधर सांसदहरुको पद नजाने दाबी गरेका छन् ।

राष्ट्रपतिलाई धारा ७२ (२) अनुसारको हस्ताक्षर बुझाउने समय सम्म प्रधानमन्त्री ओलिले नै एमालेको १२१ सांसद रहेको दाबी पेस गरेको हुनाले एमालेको कुनै पनि सांसदको कुनै पनि कारणले पद नजाने स्पष्ट पारेका हुन् ।

‘दलको नेताको रूपमा केपी ओलीले आज एमालेको १२१ सांसद रहेको दाबी पेस गरेको हुनाले राष्ट्रपतिलाई धारा ७२ (२) अनुसारको हस्ताक्षर बुझाउने समय सम्म एमालेको कुनै पनि सांसदको कुनै पनि कारणले पद गएको छैन भन्ने स्पष्ट भएको छ । यसको मतलब फलाना फलानालाई कारबाही गरिएकोले उनीहरूको हस्ताक्षर मान्य नहुने भन्ने कुरा रहेन ।’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले आफ्नो समर्थनमा १२१ सांसदको समर्थन रहेको भनि राष्ट्रपति समक्ष दाबी पेस गरेको सांसदहरुको हस्ताक्षर सहित होइन र ? उनले प्रश्न गरेका छन् ।

नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना माधव पक्षधर सांसदमाथि कारवाही गरेकाे जनाएको छ । कारवाही गरेका सांसदहरुको नाम सहितको पत्र राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।

सामाजिक सञ्जालमा उनले भनेका छन् :

1. दलको नेताको रूपमा केपी ओलीले आज एमालेको 121 सांसद रहेको दाबी पेस गरेको हुनाले राष्ट्रपतिलाई धारा 76-2 अनुसारको हस्ताक्षर बुझाउने समय सम्म एमालेको कुनै पनि सांसदको कुनै पनि कारणले पद गएको छैन भन्ने स्पष्ट भएको छ ! यसको मतलब फलाना फलाना लाई कारबाही गरिएकोले उनीहरूको हस्ताक्षर मान्य नहुने भन्ने कुरा रहेन !
2, प्रम केपी ओलीले आफ्नो समर्थनमा 153 सांसदको समर्थन रहेको भनी राष्ट्रपति समक्ष दाबी पेस गरेको सांसदहरुको हस्ताक्षर सहित होइन एमाले र ज स पा संसदीय दल नेताको पत्रको आधारमा हो ! दल नेताको पत्रको आधारमा सांसद संख्या जोड्ने प्रावधान भनेको 76-1 र 76-2 हो ! सो धारा अनुसारको प्रावधान र प्रक्रियाबाट अघि बढी सकिएकोले नै धारा 76-3 हुँदै धारा 76-5 मा प्रवेश गरिएको हो, यस धारामा व्यवस्था भएको प्रावधान भनेको दल नेताको रूपमा प्रम दाबी गर्न वा दल नेताको पत्रकी आधारमा सांसद संख्या गणना गर्न मिल्दैन ! व्यक्तिगत रूपमा टाउको गनेर कुनै संसद्ले बहुमत जुटाएर, बहुमतको हस्ताक्षर सहित प्रमको दाबी पेस गर्नु पर्छ !
अरू कुरा आफै बुझ्नु होला !

वि.सं.२०७८ जेठ ७ शुक्रवार २१:०० मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...