७ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको भन्दै सचेत गराएका छन् ।
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) अनुसार सरकार गठनको लागि आह्वान भएपछि ‘राष्ट्रपतिलाई महाभियोग लगाउनु पर्छ’ भन्दै आएका नेता थापाले परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको भन्दै सचेत गराएका हुन् ।
‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ । नभए भिर बाट खस्ने लाई राम राम ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
उनले प्रधानमन्त्रीलाई ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? भन्ने प्रश्न गरेका छन् ।
नयाँ सरकार गठनका लागि बहुमतको सूचि लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेपछि यस्तो सवाल गर्दै उनले भनेका छन् ‘प्रमले नैुम विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिलेु विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोु भन्दै आव्हान गर्ने। अब फेरी जालझेल ।’
वि.सं.२०७८ जेठ ७ शुक्रवार २२:०७ मा प्रकाशित






























