back
CTIZAN AD

देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प छैन– नारायणकाजी

वि.सं.२०७८ जेठ ७ शुक्रवार

702 

shares

७ जेठ, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बहुमत प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको हुँदा ष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प नरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको निर्णय अनुसार राष्ट्रपतिद्वारा आज शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दावी गर्ने आव्हान संवैधानिक रुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपूर्ण भएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् : “प्रधानमन्त्रीको निर्णय अनुसार राष्ट्रपतिद्वारा आज अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दावी गर्ने आव्हान संवैधानिकरुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपुर्ण नै छ। तथापी हाम्रो आजको ब्यबस्थामा अदालतको निर्णय सहमत असहमत जे भएपनि लागु गर्ने रहेको र सर्बोच्च अदालतले आज ५ बजे भित्र अन्तरिम आदेश दिनुपर्ने यस बिषयमा परेको रिटमा ३ बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको सँस्थागत पार्टी निर्णय सहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव सहित र नेकपा ( एमाले ) का झलनाथ खनाल, माधव नेपाल सहितका बहुमत प्रतिनिधिसभा सदस्यहरु(१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको छ । राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प छैन । ”

वि.सं.२०७८ जेठ ७ शुक्रवार २२:१९ मा प्रकाशित

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...