back
CTIZAN AD

सडकमा निस्कन कडाई गर्दै सरकार, सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन

वि.सं.२०७८ जेठ ८ शनिवार

747 

shares

८ जेठ, काठमाडौं । सरकारले सडकमा निस्केर हिड्न कडाई गर्न लागेको छ । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुनअनुसार कारबाही गर्नसमेत गृहले निर्देशन दिएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतितिधि सभा विघटनको विरुद्धमा विपक्षी गठबन्धनले सडक र अदालत दुबै मोर्चाको लडाइँ लड्ने सामूहिक निर्णय गरेसँगै गृहले निषेधाज्ञामा कडाइ गर्न लागेको हो ।

सरकार विपक्षीको प्रतिकार गर्न कोभिड १९ संकटकाल व्यवस्थापन सम्बन्धी अध्यादेश लागू गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । विहिबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ संकटकाल व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

उक्त अध्यादेश लागू भएको खण्डमा कुनै पनि काम गर्न बाधा अवरोध सिर्जन गरेमा एक वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

अध्यादेशको मापदण्डको पालना नगरे ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७८ जेठ ८ शनिवार १९:२० मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...