८ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्रीले प्रतिनिधिसभाको विघटन सत्ताको अपराधिकरण भएको बताएकी छन् ।
उनले देशमा एउटा अध्याँरो युगको सुरुवात भएको भन्दै आफूहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको तर खराब नियतिका मान्छेहरुको षड्यन्त्रका सामु केही नलागेको भन्दै सामाजिक संजालमार्फत् टिप्पणी गरेकी छन् ।
शुक्रबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनका तर्फबाट हस्ताक्षर गरेकी नेतृ झाँक्रीले जनता कोरोनाका कारण वेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर नपाएर छटपटाइ दैनिक २ सय भन्दा बढीले ज्यान गुमाउनु परेको अवस्थामा चुनाव घोषणा गरिएको भन्दै जनताले यसको हिसाव पक्कै राख्ने समेत बताएकी छन् ।
वि.सं.२०७८ जेठ ८ शनिवार १९:०२ मा प्रकाशित






























