back
CTIZAN AD

प्रतिनिधि सभा विघटन स्वाभाविक र संवैधानिक कदम मान्न सकिन्न –सभामुख

वि.सं.२०७८ जेठ ८ शनिवार

720 

shares

८ जेठ, काठमाडौँ । विघटित प्रतिनिधिसभाकोसभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने बताएका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन’ भनेका छन् ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उक्त कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत रहेको वक्तव्यमा उल्लेख छ ।

कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय भएको बताउँदै तर नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने छ, भनिएको छ ।

राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि फेरि एकपल्ट सबै जुट्न अपिलसमेत गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :
पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ ।
सम्मानित सर्बोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’ उल्लेख भएको यहाँ विशेष स्मरणीय छ ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन ।
राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।
कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । तर, नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने छ । साथै मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था पनि सृजना हुनेछ ।
फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु, माननीय सांसदहरु, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन हार्दिक अपिल गर्दछु ।
२०७८।०२।०८
अग्निप्रसाद सापकोटा

वि.सं.२०७८ जेठ ८ शनिवार १८:३२ मा प्रकाशित

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...