जेठ १०, काठमाडौं । नेकपा (एमाले)बाट निष्कासनमा परेका नेता झलनाथ खनालले आफुँहरुलाई कारबाही फरक नपर्ने टिप्पणी गरेका छन् । कारबाहीबारे सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले कारबाहीले आफ्नो रौं पनि नहल्लिएको बताए ।
‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्, यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो, म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, खनालले भनेका छन् ।
उनले ओली अपराधी चरित्रको भएको भन्दै समाजबाट छिटो बिदाई गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।’
सोमबार बसेको एमालेको स्थायी समिति बैठकले माधव नेपाल र झलनाथ खनालसहित उनी पक्षीय ११ नेतालाई पार्टी साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । एमालेले सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै निष्कासनको निर्णय गरेको हो ।
सम्बन्धित समाचार
एमालेका ११ नेता पार्टी सदस्यबाट नै निष्कासित
माधव नेपाल समूहका थप १२ नेतालाई ओलीले सोधे अन्तिम स्पष्टीकरण
वि.सं.२०७८ जेठ १० सोमवार २०:५० मा प्रकाशित






























