back
CTIZAN AD

एमालेका ११ नेता पार्टी सदस्यबाट नै निष्कासित

वि.सं.२०७८ जेठ १० सोमवार

933 

shares

१० जेठ, काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले नेपाल खनाल सहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो ।

नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरुले पार्टीविरूद्द गतिविधि गरेकोमा निष्कासन गरिएकाे जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा दिएका छन् ।

यसअघि शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाइ नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो । सोमबार बिहानसम्म जवाफ माग्दै स्पष्टीकरण सोधिएकोमा कसैले पनि जवाफ नदिएपछि आजको बैठकले उनीहरुलाई कारवाही गरेको हो ।

वि.सं.२०७८ जेठ १० सोमवार २०:०१ मा प्रकाशित

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...