११ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली फुटबल टोलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ खेलाडी र १२ अफिसियलको स्वाब संकल गरेर पिसिआर परीक्षण गराएको थियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । नेपाले यही जेठ १५ गते इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ ।
नेपाली टोली आज राति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत् इराक प्रस्थान गर्नेछ ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
वि.सं.२०७८ जेठ ११ मंगलवार १०:४६ मा प्रकाशित


























