११ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माअोवादी केन्द्र) जिल्ला कार्यालय पर्वतले सरकार फासिष्ट र राष्ट्रघाती बाटोमा अग्रसर भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभा विघटनको घोषणा असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै सो पार्टीका तर्फबाट सचिव सुदिप कुँवरद्वारा जारी वक्तव्यमा सरकार कोरोनाको रोकथाम नियन्त्रण एवम् उपचार गर्न र यसको असरलाई सम्बोधन गर्नुको सट्टा झनै फासिष्ट र राष्ट्रघाती बाटामो अग्रसर भएको आरोप लगाइएको हो ।
सम्पूर्ण राजनैतिक तथा सामाजिक शक्तिलाई एकजुट बनाएर कोरानाको विरुद्ध जुध्नु पर्नेमा ओली सरकार गैरजिम्मेवार बाटोमा अग्रसर हुँदा नै मुलक गम्भिर अवस्थामा गुज्रन पुगेको विज्ञप्तिमा जनाइएको छ ।
नेकपा माओवादीले संसद पुनस्थापित भएपछि पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्षका साथ संविधानका पक्ष शक्तिहरुलाई सजग रहन अपिल गरेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन राजनैतिक दल, नागरिक समाज, बुद्धिजीवी, मानवअधिकार, पेशाकर्मी र जनसमुदायलाई एकताबद्ध हुन आग्रह गरिएको छ ।
वि.सं.२०७८ जेठ ११ मंगलवार १०:५९ मा प्रकाशित































