११ जेठ, काठमाडौँ । कोभिड संक्रमणको दर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न पाउने छैनन् । केन्द्रिय बैंकले सोमबार एक निर्देशन जारी गर्दै निशेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले काठमाण्डौमा तीनवटा, भक्तपुरमा २ वटार र ललितपुरमा एउटा गरी उपत्यकामा जम्मा ६ वटा मात्र शाखा कार्यलय खोल्न पाउने व्यवस्था गरेको छ ।
त्यस्तै विकास बैंकहरुले पनि काठमाडौँमा २, भक्तपुरमा १ र ललितपुरमा १ गरी ४ वटा शाखा खोल्न पाउनेछन भने फाइनान्स कम्पनीले तीनवटै जिल्लामा एक एकवटा गरी उपत्यकामा जम्मा ३ वटा शाखा कार्यलय खोल्न पाउनेछन् ।
वि.सं.२०७८ जेठ ११ मंगलवार १२:०३ मा प्रकाशित



























