back
CTIZAN AD

निषेधाज्ञामा किसानलाई जौ भित्र्याउन चटारो

वि.सं.२०७८ जेठ ११ मंगलवार

822 

shares

११ जेठ, खलङ्गा । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ ।

झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।

सदरमुकाम क्षेत्रमा कोरोना सङ्क्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए। निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त भएको यहाँका किसान बताउँछन् ।

गत कात्तिक र मङ्सिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१ का स्थानीयवासी नर रावतले बताए। जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्त हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
रासस

वि.सं.२०७८ जेठ ११ मंगलवार १४:२१ मा प्रकाशित

यस्तो छ बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

यस्तो छ बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...