जेठ ११, काठमाडौं । नेकपा (एमाले)बाट निष्कासन परेका नेता भीम रावलले आफ्नो कारण वार्ता भाँडिएको भन्ने कुरा सत्य नभएको बताएका छन् । केहि सञ्चार माध्यममा भीम रावललाई जोडेर आएका समाचारप्रति खण्डन गर्दै उनले आफुँ अन्तिमसम्म नै संवाद र सहमतीको पक्षमा रहेको दाबी गरे।
उनका अनुसार एमालेलाई सर्वोच्च अदालतको आदेशअनुसार ०७५ जेठ २ कै अवस्थामा फर्काउने र पार्टीभित्रका सांगठनीक विवादहरु समाधान गर्न कार्यदल गठन गर्ने सहमती भएको थियो । तर, कार्यदलबीच भएको सहमती प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच पुगेसँगै सकिएको उनले बताए ।
उनका अनुसार कार्यदलले पार्टीभित्रका सबै समस्यालाई समाधान गर्नेगरि खाका बनाएको थियो तर, सोमबार साँझ अचानक उनीसहित माधवकुमार नेपाल पक्षका नेताहरुलाई निष्कासन गर्ने निर्णय भयो । नेता भीम रावलले निष्कासनको निर्णय अनपेक्षीत भएको बताएका छन् ।
केहि सञ्चारमाध्यममा भीम रावलको कारण एमाले वार्ता भाँडिएको भन्ने समाचारहरु प्रकाशित भएका छन्। रावलले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका हुन् ।
यस्ताे छ एमाले वार्ताबारे रावलले सामाजिक सञ्जालमा दिएकाे स्पष्टीकरण
वि.सं.२०७८ जेठ ११ मंगलवार १५:५५ मा प्रकाशित






























