back
CTIZAN AD

खेतीपातीमा पनि मास्क लगाएर काम गर्न थाले किसानहरु

वि.सं.२०७८ जेठ १२ बुधवार

804 

shares

१२ जेठ, बलेवा । कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् ।

मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘‘काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं’’ बागलुङ नगरपालिका—१२ अमलाचौरकी पार्वती आचार्यले भने, ‘‘मकै गोड्न जाँदा पनि मास्क अनिवार्य गरेका छौंँ ।’’

बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवश्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । शुरूआतमा अटेर गरेकाहरू गाउँघरमा सङ्क्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दा पनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताए । ‘‘शुरूमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ’’, शर्माले भने, ‘‘लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाइएको छ ।’’

बलेवा क्षेत्रमा मात्रै अझैपनि ३५० बढी सक्रिय सङ्क्रमित छन् । घरघरमा सङ्क्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताए ।

यतिबेला गाउँगाउँमा खेतीपातीको समय छ । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । ‘‘काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं’’ ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, ‘‘बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।’’ यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको उनको भनाइ छ । पर्मका लागि मानिस जुटाउँदा सङ्क्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनी बताउछन् ।

गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीयवासी बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै सङ्क्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकाले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकाले घरको कामसमेत गर्न नसकेको स्थानीयवासी झविन्द्र बुढाथोकीले बताए । ‘‘गाइभैँसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरू पनि छन्’’ उनले भने, ‘‘वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।’’ चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् ।

वि.सं.२०७८ जेठ १२ बुधवार ०७:५७ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...