back
CTIZAN AD

कांग्रेस बैठकको निर्णय : वडा तहसम्मै विपक्षी गठबन्धन बनाउने

वि.सं.२०७८ जेठ १२ बुधवार

798 

shares

जेठ ११, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीे सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले ओली कोरोना आतंक फैलाउँदै सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएको हो ।

कोरोना नियन्त्रणतर्फ सरकारले कुनै ध्यान नदिएको कांग्रेसको निष्कर्ष छ । बैठकपछि कांग्रेसका महामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अस्पतालमा अक्सिजनको सुनिश्चितता, बेडको सुनिश्चितता र दुर्गममा पीसीआर परीक्षण गरेर कोरोना नियन्त्रणतर्फ ध्यान दिएको छैन । सरकारले संक्रमणको आडमा जनतालाई आतंक फैलाएर स्वार्थसिद्धि गर्ने काम गरेको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्व कानूनी र राजनीतिक लडाईँलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।

यसैबीच बैठकले ओली सरकारविरुद्व बनेको विपक्षी दलहरुसँगको सहकार्यलाई तल्लो तहसम्मै विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकले आफ्ना भातृ संगठन र तल्लो तहका कमिटीलाई पनि विपक्षी दलसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिने निर्णय गरेको हो ।

‘जिल्लादेखि वडा तहसम्मका पार्टी संरचनालाई क्रियाशिल बनाउँदै ओली सरकारविरुद्व सशक्त जनमत बनाउने विषयमा बैठकमा छलफल भएको छ’, महतले भनेका छन्, ‘सरकारविरुद्वका गतिविधि गर्न विपक्षी दलहरुबीच अझ राम्रोसँग समन्वय गर्ने निर्णय भएको छ ।’

वि.सं.२०७८ जेठ १२ बुधवार १४:१८ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...