back
CTIZAN AD

एमालेका गौंथली र भंगेरा

वि.सं.२०७८ जेठ १२ बुधवार

2.2K 

shares

मैले घर सम्पन्न नगर्दै मेरो घरमा गौंथलीले एक महिना लगाएर वहुत दुखले यो घर बनायो। म दिनहुँ चुच्चामा माटो ल्याउँदै घर बनाएको हेरि रहन्थे। एउटा आवास गृह बनाएर त्यस गृहमा बच्चा कोरल्ने र सुरक्षित बच्चा हुर्काउने गौंथलीको सपना थियो । गौंथलीले गुड बनायर केही दिन बसेको के थियो भंगेरा आएर गौंथलीलाई लखट्यो । अव गौंथलीको गुडमा भंगेराको रजाई चल्यो। विचरा गौथली गुडमन वस्न आउथ्यो तर वस्न पाउदैनथ्यो। भंगेराले लखेटी हाल्थ्यो। केही दिन गौंथलीको अथक प्रयत्नका बाबजुद् पनि महिनौं दुख गरेर बनाएको त्यो गुडमा गौंथली पस्नै पाएन। उसले घर सुरक्षित ठाउमै बनाएको थियो तर अपसोच त्यस गुडमा बच्चा कोरल्ने र हुर्काउने उसको सपना सपनैमा सिमित रह्यो। केही दिन पछी गौंथलीआउन छोडे । थाहा छैन फेरी ति गौथलीले कता गुड बनाए र बच्चा कोरले र हुर्काए ?

भंगेरा रुपि ओली, वास्कोटा सूर्य थापा र महेश बस्नेतहरु भंगेराको रुपमा एमालेमा कव्जा जमाउन सफल रहेका छन्। गौंथलीको हविगतमा पुगेका माधव झलनाथलाई अपराधी करार गर्दैछन महेश र गोकुलहरु। मेरो घरको गुडबाट लखेटिएको गौथलीले के गरे थाहा त भएन तर अर्को गुड बनाए होला भनेर अनुमान गर्न चैं सकिन्छ।

२०२९ सालमा झापा विद्रोहवाट सुरु भएको नेकपा माले अहिले एमालेको रुपमा नेपाली राजनीतिमा सवै भन्दा ठूलो दलको रुपमा छ र सत्तामा पनि छ। अहिलेको एमाले बनाउन मनमोहन, अधिकारी मदन, भण्डारी जिवराज आश्रित, माधव नेपाल, सि पि मैनाली, झलनाथ खनाल, मोहन चन्द्र, वामदेव, गौतम, मोदनाथ प्रश्रित, अमृत वोहरा, अष्ट लक्ष्मी शाक्य, भिम रावल, सुरेन्द्र पाण्डे, केशवलाल श्रेष्ठ लगायत हजारौं नेता कार्यकर्ताले जीवन बिताए र मुलुकको सबै भन्दा ठूलो पार्टी बनाए। ति मध्य मदन आश्रितलाई त्रिशुलीमा हालियो कति यो धरतिवाट बिदा भए कति एमालेमा अटाएनन र बाहिर बसेका छन् ।

के.पि ओली पंचायती निरंकुश व्यवस्थाको चरम दमनको चरणमा भूमिगत रुपमा पार्टी निर्माणका बेला जेलमा थिए । कहिल्यै उनलाई भूमिगत राजनीति गर्नु परेन। जेल जीवनलाई भजाउने केपिलाई उनिसंगै जेल बिताएर वल्खुमा झुण्डियर आत्महत्या गर्न विवश विरेन राजवंशीको आत्मा छ भने त्यो आत्माले खै के भन्ला थाहा भएन। तर उनि सँगै जेल बिताएका मोहन चन्द्र, अमर कार्की लगायत झापा आन्दोलनका कयौँ वन्दीहरु खै कता छन्? आज कता छन् खै थाहा भएन। तर त्यै जेल जीवन भजाएर नेपालमा आफू जति जेल बिताउने निरंकुशता विरुद्ध जुध्ने कोही नभएको बताउँछन् । संगै जेल बसेका वेदुराम भुषाल एमालेमा नेता नै छन् तर राज्यको कार्यकारी कुनै पदमा पुगेको देखिएको छैन। पार्टी मजबुत बनाएर जेलवाट छुटाएपछी खुल्ला राजनिति सुरु गरेका केपि ओली चर्चित महाकाली सन्धिमा भारतको गुलामी गरेर एमालेको शक्ति शाली नेता हुँदै एमालेको अध्यक्ष बने। अहिले एम..सि. सि पारित गर्न मरिहत्य गरेर अमेरिकी आशिर्वाद प्राप्त गरी नेकपा विघटन गराउने सफलता पछी अब एमाले विघटन गराउन उद्दत छन्। एमाले बनाउन जीवन बिताएका जीवनका अन्तिम क्षणमा पुगेका एमाले निर्माणकर्मी नेताहरुलाई एमालेमा पस्नै नदिएर एकछत्र राज गरिरहेका छन् । दुई तिहाईको नेकपाको जनादेश र जनमतलाई ध्वस्त बनाएका छन। एमालेमा अहिले गोकुल वास्कोटा, महेश वस्नेत र सुर्य थापाहरुको रजाई चलेको छ। जसरी गुड बनाएर पनि भंगेराको लखेटाईमा आफ्नो गुडमा बस्न नपाउने गौथलीको हालत आज माधव नेपाल, झलनाथ खनाल, वामदेव, अमृत वोहरा, अष्ट लक्ष्मी शाक्य, वेदुराम भुषाल लगायत हजारौं नेता कार्यकर्ताको भएको छ। भंगेरा रुपि ओली, वास्कोटा सूर्य थापा र महेश बस्नेतहरु भंगेराको रुपमा एमालेमा कव्जा जमाउन सफल रहेका छन्। गौंथलीको हविगतमा पुगेका माधव झलनाथलाई अपराधी करार गर्दैछन महेश र गोकुलहरु। मेरो घरको गुडबाट लखेटिएको गौथलीले के गरे थाहा त भएन तर अर्को गुड बनाए होला भनेर अनुमान गर्न चैं सकिन्छ। हेरौं अब एमालेका गौथलीहरु के गर्छन् ? यो चै देख्न र अनुभव गर्न पक्कै पाईने छ।अस्तु।

वि.सं.२०७८ जेठ १२ बुधवार १४:१९ मा प्रकाशित

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...