back
CTIZAN AD

एनआरएनए अफ्रिकाद्धारा गुल्मीका कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण

वि.सं.२०७८ जेठ १२ बुधवार

723 

shares

एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर गुल्मीमा पनि पठाइएको छ । उक्त सहयोग गुल्मी सत्यवती गाउँपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई मंगलबार बुटवलमा हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भार्से स्वास्थ्य चौकीमा तत्कालै पुर्याइने प्रमुख रानाले जानकारी दिए ।

एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फ बाट लुम्बिनी क्षेत्रको संयोजन गरि रहेका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङ्गकङ्गबाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन् ।

एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल र रामपुर अस्पतालमा अक्सिजिन सिलिन्डरमा पनि मंगलबारै बितरण गरिने तथा स्याङ्जाको लागि ब्यबस्थापन भइरहेको छ ।

No description available.
थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल , कैलालीको टीकापुर अस्पताल , परासी अस्पताल, पूर्व नवलपरासी को रजहर अस्पताल, बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिसकेको छ । साथै अछामको मङ्गलसेन र बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुर्याइदै छ ।

त्यसैगरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लामा पनि सहयोग पठाउने तयारी हुदैछ । हाल सम्म १२५ थान अक्सिजन सिलिन्डर खरिद सहित र ६५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस अभियानले १० जिल्लामा हस्तान्तरण गरि सकेको छ ।

 

वि.सं.२०७८ जेठ १२ बुधवार १४:४५ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...