back
CTIZAN AD

भारतमा कोरोना संक्रमित हुनेको संख्या घटेपनि घटेन मृत्यु हुनेको संख्या

वि.सं.२०७८ जेठ १२ बुधवार

768 

shares

१२ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या घट्दै र निको हुनेको संख्या बढीरहे पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

भारतमा मंगलबार २ लाख ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा यो संख्या १३ हजारले बढी रहेको छ । तर, विगतको तुलनामा संक्रमित हुनेको संख्या २ लाख बढीले घटेको हो ।
त्यसैगरी मंगलबार ४,१५९ जनाले ज्यान सोमबारको तुलनामा मृत्यु हुनेको यो संख्या झण्डै ६६३ ले बढी हो ।

त्यसैगरी सोहि अवधिमा २ लाख ९५ हजार कोरोना संक्रमित निको भएका छन् ।

भारतमा हालसम्म २ करोड ७१ लाख कोरोना संक्रमित भइसकेका छन् । सोहि अवधिमा २ करोड ४३ लाख निको भइसकेका छन् भने हाल २४ लाख ९० हजार कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी भारतमा हालसम्म ३ लाख ११ हजारले ज्यान गुमाइसकेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा सोमबार १५६८ जनामा संक्रमण
दिल्लीमा कोरोना संक्रमित हुनेको संख्या घटेको छ । केही सातायता दिल्लीमा संक्रमित हुनेको संख्या निकै नै घटेको छ । सोमबार दिल्लीमा १५६८ संक्रमित भएका छन् भने ४,२५१ जना निको भएका छन् । सोहि अवधिमा १५६ जनाले ज्यान गुमाएका छन् । यो सोमबारको तुलनामा कमी हो ।

त्यस्तै महाराष्ट्रमा सोमबार २४,१३६ जनामा संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा २६,१७६ जना निको भएका छन् । महाराष्ट्रमा संक्रमित हुने भन्दा निको हुने संख्या बढी छ । तर मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । महाराष्ट्रमा मंगलबार ११३७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या सोमबारको तुलनामा ५४५ ले बढी हो । महाराष्ट्रमा हाल ३ लाख १४ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

भारतमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, सोमबार १ लाख ९५ हजारमा संक्रमण

वि.सं.२०७८ जेठ १२ बुधवार १५:११ मा प्रकाशित

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २००...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...