१३ जेठ, काठमाडौं । गृहमन्त्रालयले १३, १४ र १५ गतेसम्म ४ प्रदेशमा अति भारी वर्षा हुने सम्भावना रहेकोले जोखिममा रहेका वस्तिहरुलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरेको छ ।
बंगालको खाडीमा विकसित भएको जलावयुको प्रभाव र शक्तिसाली चक्रवात यासका कारण शनिबारसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले बस्ति नजिक बाढी, पहिरो, डुबान, जोखिमको आंकलन गरी सुरक्षाकर्मी, एवं पालिकाहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सार्न अनुरोध गरेको हो ।
त्यसैगरी पर्वतारोहणका लागि गएको टोलीलाई तत्काल फिर्ता बोलाउन पनि गृहद्धारा बुधबार जारी बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ जेठ १३ बिहीवार ०८:३९ मा प्रकाशित






























