१४ जेठ, काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं १ र २ स्थिति बारपाकमा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको र एकसातामै १० जनाको मृत्यु भएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चिकित्सकको टोली पठाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखा र सुलिकोट गाउँपालिकाका अध्यक्षबाट प्राप्त सूचना अनुसार १ हप्तामा १० जनाको मृत्यु भएको जानकारी पाएपछि त्यहाँको वास्तविकता र थप अध्ययन अनुसन्धान तथा नियन्त्रणका लागि आवस्यक औषधि तथा उपकरण (परीक्षण किट) सहित विशेष चिकित्सक, नर्सिङ्ग स्टाफ, प्रयोगशालाकर्मी, मनोसामाजिक परामर्शदाताको टोली त्यतातर्फ पठाइएको निर्देशनालयद्धारा विहीबार जारी सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार ०८:५१ मा प्रकाशित






























