back
CTIZAN AD

अस्थायी प्रहरी चौकीभित्रै आक्रमण, प्रहरी सहायक निरीक्षक र हवाल्दार घाइते

वि.सं.२०७८ जेठ १४ शुक्रवार

783 

shares

१४ जेठ, धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन ।

स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए ।

उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए । जाहेरी दिन आएका व्यक्तिसँग दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए ।

आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ । घाइते दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको थियो । उनीहरूलाई फोनमा धम्की दिनेहरूले नै आक्रमण गरेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ ७ः३० बजे आक्रमण भएको वडा नं १५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिनुभयो । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार प्रहरी कार्यरत थिए ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार ०९:०० मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...