back
CTIZAN AD

लगातार वर्षाका कारण सडक विस्तारमा रोक

वि.सं.२०७८ जेठ १४ शुक्रवार

726 

shares

१४ जेठ, नवलपुर । लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ ।

बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल सडक आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए ।

“जिल्लामा तीन दिनदेखि निरन्तर पानी परिरहेको छ”, आचार्यले भने, “बुधबार केही काम भएको भए पनि बिहीबार र शुक्रबार भने सडक विस्तारको कुनै पनि काम हुन सकेको छैन ।”

पानी परिरहेका कारण कामदार निर्माणस्थलमा नआउनु तथा काम खुला ठाउँमा हुने भएकाले प्रभावित भएको आचार्यले बताए। नारायणगढ–बुटवल सडक विस्तारका क्रममा माटो भर्ने, ड्रेन निर्माण गर्ने, रूख काट्ने तथा पुल निर्माणको काम भइरहेको थियो ।

“कोरोना महामारीका कारण काम प्रभावित भइरहेको अवस्थामा निरन्तर परेको पानीले काम नै ठप्प भएको छ”, आचार्यले भने, “यो क्रम निरन्तर देखिइरह्यो भने निर्धारित समयमा काम सक्न मुस्किल हुन्छ ।”

कर्मचारीको आन्दोलनदेखि विभिन्न कारणले काममा ढिला भएको जनाउँदै उनले प्राकृतिक कारणले समेत काममा अवरोध सिर्जना हुने गरेको बताए। सडक विस्तारको काम शुरु भएको २६ महिना सकिँदासमेत सडक विस्तारको प्रगति भने जम्मा छ प्रतिशत मात्रै भएको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्येको उक्त सडक आयोजनाअन्तर्गत हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिँदैछ । शहरी क्षेत्रमा अतिरिक्त दुई लेन हुने सडकको दाउन्ने पहाडमा भने तीन लेनमा मात्रै विस्तार गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनले काम लिएको छ । हाल गैँडाकोट नगरपालिका क्षेत्रको सडकमा साना पक्की पुल, सडक किनारमा माटो भर्ने तथा ड्रेन निर्माण र अरुणखोला क्षेत्रमा सडक किनारका रूख काट्ने काम भइरहेको थियो ।

नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर निर्माणको ठेक्का लगाइएको छ । गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्म खण्ड १ को ६५ किलोमिटर तथा दाउन्नेदेखि बुटवलसम्म खण्ड २ मा ४९ किलोमिटर पर्दछ ।

ग्लोबल टेन्डरमार्फत दुवै खण्डको विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले करीब रु १७ अर्बमा लिएको थियो । निर्माण शुरु भएको ३६ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेर कम्पनीले विसं २०७५ चैत ८ गतेबाट कामको शुभारम्भ गरेको थियो ।
रासस

वि.सं.२०७८ जेठ १४ शुक्रवार १६:२० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...