back
CTIZAN AD

भरतपुरमा बाँदर र गाईलाई दैनिक खाना खुवाउँदै अग्रवाल

वि.सं.२०७८ जेठ १६ आइतवार

606 

shares

१६ जेठ, चितवन । यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आएका छन् ।

गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै आएका हुन् ।

भरतपुर महानगरपालिका–१ निवासी चन्दन अग्रवालले गत वर्षको कोभिड सङ्क्रमणका कारण लकडाउन हुँदा बाँदरलाई बिस्कुट र गेडागुडी खुवाउँदै आएका छन् । बाँदरसँगै त्यही रहेका छाडा गाईलाई पनि उनले चापट खुवाउने गरेका छन् ।

साँझको समयमा चना, गहुँ, मकै र केराउको मिश्रणलाई भिजाएर बिहान देवघाट जाने बागेश्वरी वन क्षेत्रमा उनले बाँदरलाई दिने गरेका हुन् । कहिलेकाही देवघाटको हनुमान मन्दिर क्षेत्रमा पनि उनले बाँदरलाई खानेकुरा बाँड्ने गर्छन् ।

प्रहरी र स्थानीयले देवघाटमा खाद्यान्न बाँड्दा अवरोध गर्ने भएकाले सो क्षेत्रमा नियमित बाँड्न नपाएको उनका गुनासो छ । दैनिक २० किलो हाराहारी गेडागुडी र आठ किलो चोक्कर उनले बाँड्दै आएका छन् । आफू जिल्ला बाहिर र व्यस्त हुँदा बुबा उमाशङ्कर र भाइ रञ्जनले खाना बाँड्ने गरेको उनले सुनाए ।
रासस

वि.सं.२०७८ जेठ १६ आइतवार १३:४६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...